प्रधानमन्त्री र सभामुखबीच भेट, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल

images
  • 60
    SHARES
  • चैत्र १३, २०७९ सोमबार
    प्रधानमन्त्री र सभामुखबीच भेट, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल
    images

    तस्बिर : रासस

    काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

    भेटमा सदनका कामकारबाहीलाई थप प्रभावकारी बनाउने र केही महत्त्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि छलफल भएको छ ।

    सभामुखको तजबिजी अधिकार कटौती गर्ने सत्ता गठबन्धनको तयारीका विषयमा पनि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग चासो राखेको बुझिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend