राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

images
  • 83
    SHARES
  • चैत्र १३, २०७९ सोमबार
    राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल
    images

    काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

    काठमाण्डौको हनुमानढोका पछाडि याट्खामा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको प्रतिमा अनावरण कार्यक्रममा उहाँले नागरिकसँगको निरन्तर सान्निध्यतासँगै उनीहरुा सुख दुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्नेमा जोड दिनुभएको हो।

    राष्ट्रपति पौडेलले आम नागरिकसँग निकटतम् सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले स्व.जोशीलाई चिनेको समेत बताउनुभयो । उहाँले योग्यता र इमानदारितामा बराबर संगम रहेका विरलै मानिसमध्ये स्व. जोशी रहेको पनि बताउनुभयो । २०७७ साल फागुन १४ गते मस्तिष्कघात भएका जोशीको उपचारकाक्रममा २०७७ सालकै चैत १३ गते निधन भएको थियो । 

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend