प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा छलफल सुरु

images
  • 64
    SHARES
  • चैत्र १३, २०७९ सोमबार
    प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा छलफल सुरु
    images

    काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल सुरु भएको हो ।

     

    प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको सन्दर्भमा सोअघि दलहरुबीच छलफल भएको हो । छलफलमा बागबण्डाबारे सहमति जुटाउन प्रयास हुने बताइएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend