१७ वर्षमुनिकाे साफ महिला च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेल्यो

images
  • 76
    SHARES
  • चैत्र १४, २०७९ मंगलबार
    १७ वर्षमुनिकाे साफ महिला च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग बराबरी खेल्यो
    images

    काठमाण्डाै – १७ वर्षमुनिकाे साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले बङ्गलादेशसँग बराबरी खेलेको छ । 

    ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो । खेलको आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए पनि ७५ औँ मिनेटमा बङ्गलादेशले गोल गरेर खेल बराबरीमा ल्याएको हो । 

    नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रुससँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । नेपाल प्रतियोगिता बाहिरिसकेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend