मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयाे

images
  • 69
    SHARES
  • चैत्र १५, २०७९ बुधबार
    मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयाे
    images

    मकवानपुर – मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

    हेटाैंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटाैंडातर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५० वर्षीय दिलबहादुर स्याङ्तानलाई ठक्कर दिँदा उहाँको ज्यान गएको हो । 

    आज बिहान ४ बजेको समयमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्याङतानलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याएपछि डाक्टरले आज बिहान मृत घोषणा गरेका थिए ।  मोटरसाइकल चालक फरार रहे पनि मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend