ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश खेल्दै

images
  • 71
    SHARES
  • चैत्र १६, २०७९ बिहीबार
    ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी प्रदेश खेल्दै
    images

    काठमाण्डाै - ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

    उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र कोशी प्रदेश खेल्दैछन् ।

    फाइनल खेल बिहान १० बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुनेछ । प्रतियोगितामा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स–११ को सहभागिता रहेको थियो ।

    प्रधानमन्त्री कपको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपीएफ क्लब र मधेस प्रदेश रहेका थिए ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend