सगरमाथा क्षेत्रबाट जापानका एक जना नागरिक तीन दिनदेखि बेपत्ता

images
  • 68
    SHARES
  • चैत्र १६, २०७९ बिहीबार
    सगरमाथा क्षेत्रबाट जापानका एक जना नागरिक तीन दिनदेखि बेपत्ता
    images

    फाइल तस्बिर

    साेलुखुम्बु - सगरमाथा क्षेत्रकाे भ्रमणमा रहेका जापानका एक जना नागरिक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

    सल्लेरी हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका ५४ वर्षका हितोशी इशिबा गएको सोमवारदेखि बेपत्ता हुनुभएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    कम्पनी र गाइडविना नै एक्लै भ्रमणमा आउनुभएका हितोशी सम्पर्कविहीन हुनुभएकाे खबर दूतावासमार्फत् प्रहरीमा आएको जनाइएको छ ।  उहाँ गएको ९ गते खुम्बुको मन्जो चेकपोष्ट गएको अभिलेख भेटिएको छ ।

    त्यसपछि उहाँ कता जानुभयाे भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहले बताउनुभयो । उहाँको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend