लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

images
  • 72
    SHARES
  • चैत्र १६, २०७९ बिहीबार
    लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै
    images

    काठमाडौं ।

    लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद  शरत सिंह भण्डारी श्रम मन्त्री बन्ने भएका छन् । आफ्नो भागमा परेको श्रम मन्त्रालयमा भण्डारीलाई पठाउने तय भएको लोसपाका एक जना शीर्ष नेताले जानकारी दिएका छन् ।

     

    सत्तारूढ गठबन्धनबीच  नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय लिने सहमति भएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend