सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

images
  • 71
    SHARES
  • चैत्र १६, २०७९ बिहीबार
    सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे
    images

    प्रतीकात्मक तस्बिर

    सर्लाही – सर्लाहीको हरिपूर्वामा बिहीवार दिउँसो माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । 

    दुर्घटनामा ज्यान जानेमा लालबन्दी नगरपालिका वडा नम्बर १७ का ३४ वर्षीय प्रमेश्वर महतो र ४० वर्षीय चरित्र काफ्ले रहेका छन् । हरिपूर्वाबाट दक्षिणतिर जाँदै गरेको ना ३४ प ८२८९ नम्बरकाे  मोटरसाइकल अनियन्त्रित भई सडक पल्टिँदा दुवै जनाको घटनास्थलमै ज्यान गएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । 

    मृतककाे शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend