आजको मौसम : बिहान सफा, दिउँसो बदली, केही ठाउँमा हल्का वर्षाको अनुमान

images
  • 56
    SHARES
  • चैत्र १९, २०७९ आइतबार
    आजको मौसम : बिहान सफा, दिउँसो बदली, केही ठाउँमा हल्का वर्षाको अनुमान
    images

    फाइल तस्बिर

    काठमाण्डाै - धेरै ठाउँको मौसम अहिले सफा छ । धेरैजसो ठाउँमा अहिले घाम लागेको छ । तर, अहिले घाम लागे पनि दिउँसो भने बदली हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो र बेलुका पानी पर्ने सम्भावना छ ।

    आज कोशी प्रदेश लगायत पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा नै रहने छ । पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान छ । तर हिजोअस्तिको जस्तो लगातार पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

    आज हल्का वर्षाको अनुमान छ । हिजोभन्दा आज र आजभन्दा भोलि माैसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend