विद्यालयले पोसाक र किताब बिक्री गरे कारबाही गर्ने काठमाण्डौ महानगरको चेतावनी

images
  • 62
    SHARES
  • चैत्र १९, २०७९ आइतबार
    विद्यालयले पोसाक र किताब बिक्री गरे कारबाही गर्ने काठमाण्डौ महानगरको चेतावनी
    images

    काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक (किताब) बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

    विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै महानगरपालिकाले आज आइतवार सबै संस्थागत विद्यालयलाई पत्र पठाएर कारबाहीको चेतावनी दिएको हो ।

    संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा विद्यालय आफैँले पाठ्यपुस्तक र स्टेशनरी सञ्चालन गर्न नपाउने तथा विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोसाक खरिद गर्न बाध्य बनाउन नहुने विषय उल्लेख रहेको महानगरले स्मरण गराएको छ ।

    निर्देशिकामा भएका मापदण्ड र निर्देशन उल्लङ्घन गरेको पाइएमा कारबाही हुने र यसको जवाफदेही प्रधानाध्यापक नै हुने काठमाण्डौ महानगरपालिकाको पत्रमा उल्लेख छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend