नेपाल मगर युवा संघ चितवनको अध्यक्षमा पुनः महेन्द्र थापा

images
  • 76
    SHARES
  • चैत्र १९, २०७९ आइतबार
    नेपाल मगर युवा संघ चितवनको अध्यक्षमा पुनः महेन्द्र थापा
    images

    नारायणगढ चितवन:

    नेपाल मगर युवा संघ जिल्ला समिति चितवनको चौंथो अधिवेशन नेपाल मगर संघको भवन पोखरा बसपार्क चितवन सम्पन्न गरेको छ। आगामी तीन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो। शनिबार सम्पन्न अधिवेशनबाट पुनः अध्यक्षमा महेन्द्र थापामगरलाई सर्वसम्मत चयन गरेको छ।337555874_227313029873807_8339818228297995282_n.jpg

    उपाध्यक्ष मनु थापामगर,सचीव श्याम थापामगर,कोषाध्यक्ष सुशीला थापामगर,सह सचीव सागार रानामगर,सदस्यहरुमा सन्दीप थापामगर,कृष्ण आलेमगर,इन्द्र बहादुर थापामगर,योगेश थापामगर लगायत ९ सदस्यीय कार्यसमिति सर्वसहमत चयन भएको छ।337165074_1433371787436365_6020540735958891885_n.jpg

    सो कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ बागमती प्रदेश मुख्य सचीव मिलन थापामगरले कार्यक्रममा बोल्दै मगर समुदायका युवाहरुको नेतृत्व बिकास,क्षमता बिकासमा महत्त्वपूर्ण भुमिका निर्भा गरी स्वदेशमै स्वरोजगार सिर्जना गर्नुका साथै मगर समुदायलाई एक एकबद्धता बनाउने बताए।336654490_3245542029092073_1252756440150427883_n.jpg

    विशिस्ट अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवन अध्यक्ष ठाकुर सिं आलेमगर,विशिस्ट अतिथि नेपाल मगर संघ बागमती प्रदेश सदस्य देव बहादुर रानामगर,विशिस्ट अतिथि नेपाल मगर संघ बागमती प्रदेश सदस्य काशीमाया रानामगर,विशिस्ट अतिथि नेपाल मगर महिला संघ केन्द्रिय उपाध्यक्ष देवी थापामगर,विशिस्ट अतिथि नेपाल मगर सांकृतिक संघ बागमती प्रदेश अध्यक्ष बलबिक्रम थापामगर,अतिथि नेपाल मगर सांस्कृतिक संघ चितवन अध्यक्ष प्रेमकुमारी आले लगायतको उपस्थिति रहेकोे थियोे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend