काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई २ सय ४ रनको लक्ष्य दिएको छ ।
हैदराबादमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४/५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २/२ विकेट लिए ।
त्यस्तै आजको दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलाेर र मुम्बई इन्डियन्स खेल्दैछन् । बेङ्गलाेर र मुम्बईको खेल बेङ्गलुरुमा बेलुका पौने ८ बजे सुरु हुनेछ ।



