मालपाेत कार्यालय बाराका खरिदारसहित २ जना घुससहित पक्राउ

images
  • 57
    SHARES
  • चैत्र १९, २०७९ आइतबार
    मालपाेत कार्यालय बाराका खरिदारसहित २ जना घुससहित पक्राउ
    images

    प्रतीकात्मक तस्बिर

    बारा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बाराका खरिदारसहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेको छ । 

    आज आइतवार आयोगको हेटौँडामा रहेकाे कार्यालयबाट खटेको टोलीले १५ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय बाराको रजिस्ट्रेशन फाँटका खरिदार रामविश्वास साह र लेखापढी सहयोगी गौरीशंकर कुशवाहालाई पक्राउ गरेको हो । जग्गा रजिस्ट्रेशन पास गराइदिने भन्दै खरिदार साहले घुस रकम लिएको अख्तियारले जनाएको छ ।

    घुससहित मालपोत कार्यालय परिसर नजिकै रहेको पसलबाट पक्राउ परेका साह र कुशवाहमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend