प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

images
  • 61
    SHARES
  • चैत्र १९, २०७९ आइतबार
    प्रतिनिधिसभा नियमावली मस्यौदा पारित
    images

    काठमाडौं । 

    प्रतिनिधिसभा नियमावली मस्यौदा २०७९ पारित भएको छ । मस्यौदा समिति सदस्य रमेश लेखकले पेश गरेको मस्यौदा प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।

     

    सत्तारुढ दलले सभामुखलाई कस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक नियमित राख्ने संशोधन प्रस्ताव फिर्ता लिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,जनता समाजवादी पार्टी (जसपा) लगायत दलका सांसदले सभामुखको अधिकारलाई कार्यव्यवस्था परामर्श समितिमा ल्याउने प्रस्ताव राखेका थिए ।

     

    प्रतिनिधिसभा नियमावली बनाउन राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीको नेतृत्वमा समिति गठन भएको थियो । नियमावली पारित भएसँगै संसदीय समिति गठन प्रक्रियाको बाटो खुलेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend