चितवनमा ट्याङ्कर पल्टिँदा एक जनाको ज्यान गयो, एक जना घाइते

images
  • 68
    SHARES
  • चैत्र २०, २०७९ सोमबार
    चितवनमा ट्याङ्कर पल्टिँदा एक जनाको ज्यान गयो, एक जना घाइते
    images

    काठमाण्डाै - 

    चितवनमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

    बिहान ६ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवटारमा भारतीय नम्बरको प्लेटको ट्याङ्कर पल्टिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा एक जना पुरुषको घटनास्थलमा नै ज्यान गएको हो । उनको परिचय खुल्न बाँकी छ ।  

    यस्तै, घाइते भएका व्यक्तिको पनि परिचय खुलेको छैन । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend