इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम र न्युकासल विजयी

images
  • 72
    SHARES
  • चैत्र २०, २०७९ सोमबार
    इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम र न्युकासल विजयी
    images

    काठमाण्डाै -

    इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युकासल विजयी भएका छन् । गएराति भएको खेलमा वेष्ट ह्यामले साउथह्याम्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

    जितसँगै १४औँ स्थानमा रहेको वेष्ट ह्यामले २७ अङ्क जोडेको छ भने साउथह्याम्टन २३ अङ्क जोडेर पुछारमा छ ।

    यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड न्युकासल सँग २–० गोल अन्तरले पराजित भएको छ ।

    जितसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ । उसले ५० अङ्क जोडेको छ । ५० अङ्क नै जोडेको म्यानचेस्टर  युनाइटेड भने चौथो स्थानमा धकेलिएको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend