देवघाट तनहुँ:चैत २०
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित हरीहर बचत तथा ॠण सहकारी संस्था लि. देवघाटद्वारा ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका सहकारी शाखा प्रमुख कृष्ण पन्तले कार्यक्रमलाई सम्बोधन गर्दै देवघाटधाम धार्मिक एवं पर्यटकीय रुपमा परिचीत स्थान भएको हुँदा पनि सरसफाइ कार्यक्रमले अझ सुन्दरतामा थप टेवा पुग्ने बताउदै सरसफाइ कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।
कार्यक्रम देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व वडा सदस्य भोजराज नैनावस्ती,संस्थाका कोषाध्यक्ष अर्जुन अधिकारी सचीव अनिल मिश्र लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो भने संस्थाका अध्यक्ष रोशनदेव आचार्यको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।



