केरलामा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको ज्यान गयो

images
  • 75
    SHARES
  • चैत्र २०, २०७९ सोमबार
    केरलामा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको ज्यान  गयो
    images

    भारतको केरलामा रेलको सिटमा बस्ने विषयमा भएको विवाद पछिको घटनामा तीन जनाको ज्यान गएको छ । आठ जना घाइते भएका छन् ।

    केरलाको कोझिकोडमा एक वर्षको बच्चासहित तीन जनाको रेल वे ट्रयाकमा शव भेटिएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    हिजो रेलको सिटमा बस्ने विषयमा दुई जनाबीच विवाद हुँदा एक जनाले अर्का व्यक्तिलाई आगो लगाइदिएका खबरमा उल्लेख छ । त्यसपछि यात्रुले रेलको आपत्कालीन चेन ताने । रेलको गति कम हुन थाल्यो ।

    यही मौकामा घटनामा संलग्न व्यक्ति भागेका आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend