तनहुँ १ मा कांग्रेसका भट्टराई, एमालेका खनाल र रास्वपाका वाग्लेकाे उम्मेदवारी दर्ता

images
  • 73
    SHARES
  • चैत्र २०, २०७९ सोमबार
    तनहुँ १ मा कांग्रेसका भट्टराई, एमालेका खनाल र रास्वपाका वाग्लेकाे उम्मेदवारी दर्ता
    images

    तनहुँ – आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि तनहुँ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

    सत्तारूढ गठबन्धनका साझा उम्मेदवार भट्टराईले आज साेमवार उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा रघुनाथ पौडेल र समर्थकमा सरिता गुरुङ रहनुभएको छ ।

    यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले पनि उम्मेदवारी दर्ता गराउनुभएकाे छ । खनालकाे प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहनुभएकाे छ । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले पनि उम्मेदवारी गराउनुभएकाे छ । वाग्लेकाे प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे रहनुभएकाे छ ।

    यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसक्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend