सिक्टा आयोजनाको भ्रष्टाचारमा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

images
  • 76
    SHARES
  • चैत्र २१, २०७९ मंगलबार
    सिक्टा आयोजनाको भ्रष्टाचारमा पूर्वमन्त्री पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
    images

    फाइल तस्बिर

    काठमाण्डाै – सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचारका अभियुक्तलाई सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता भएको छ ।  

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री तथा राप्रपाको तर्फबाट सांसद रहेका विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । सिक्टा आयोजनामा भ्रष्टाचार भएको पर्याप्त प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गरे पनि पाण्डेसहित २१ जनालाई सफाइको फैसला भएको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

    अब सर्वोच्चले नै यो मुद्दाको किनारा लगाउनेछ । १० वर्षमा १३ अर्ब रुपैयाँ खर्च भएको आयोजनाको डिजाइनमा त्रुटि र गुणस्तरहीन सामग्री प्रयोगका कारण परीक्षणकै बेला नहर भत्किएको अख्यिारको आरोप छ । अख्तियारले सिक्टा सिँचाइ आयोजना निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्शन जेभीका प्रमुख रहेका विक्रम पाण्डेविरुद्ध दुई अर्ब १३ करोड ७६ लाख रुपैयाँको बिगो कायम गरी मुद्दा चलाइएको थियो । तर गएको असार ५ गते विशेष अदालतले पाण्डेसहित २१ जनालाई नै सफाइ दिने फैसला गरेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend