गठबन्धनका उम्मेदवारलाई जिताउन ५ दलकाे आह्वान

images
  • 69
    SHARES
  • चैत्र २१, २०७९ मंगलबार
    गठबन्धनका उम्मेदवारलाई जिताउन ५ दलकाे आह्वान
    images

    काठमाण्डाै – आउँदाे वैशाख १० गते हुने उपचुनावमा आफ्ना उम्मेदवारलाई जिताउने सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आह्वान गरेका छन् ।

    आज मङ्गलवार दिउँसाे संयुक्त विज्ञप्ति निकालेर सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताले तनहुँ-१, चितवन-२ र बारा-२ मा उम्मेदवारी दिएका सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन् ।

    सत्ता गठबन्धनले तनहुँ–१ मा नेपाली कांग्रेसका गाेविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जितनारायण श्रेष्ठ र बारा–२ मा जसपाका उपेन्द्र यादवलाई साझा उम्मेदवारका रूपमा उठाएकाे छ । 

    संयुक्त विज्ञप्तिमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरकाे हस्ताक्षर रहेकाे छ ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend