देवघाट तनहुँ:चैत २१
तनहुँको देवघाट क्षेत्र बिकास समितिको अध्यक्ष भिम बहादुर रानामगरले पदबहाली गरेका छन्। २०७९ साल चैत १० गते मन्त्रिपरिषद बैठकले देवघाट क्षेत्र बिकास समितिको अध्यक्षमा नियुक्त गरेको छ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य समेत रहेका तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ निवासी भिम बहादुर रानामगर राजनैतिक र सामाजिक क्षेत्रमा लामो समय देखी सक्रिय रुपमा काम गर्दै आएको अनुभव छ।

साथै देवघाट क्षेत्र बिकास समितिको सदस्यमा तनहुँ बाट शान बहादुर परियार(राजु),दिननाथ न्यौपाने,नवलपुर बाट प्रेमराज सापकोटा,हरिप्रसाद पौडेल,चितवन बाट रत्नलाल शर्मा कडेल र मोतीराम ढुंगाना चयन भएको छ।
आजको पदबहाली कार्यक्रममा गण्डकी प्रदेशका माननीय संसाद हरि बहादुर चुमान,देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा,देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ र देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक सदन बराल लगायतले बधाई तथा शुभकामना दिएका थिए।



