काठमाण्डौमा हुने जामका कारण वार्षिक एक खर्ब १६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति

images
  • 57
    SHARES
  • चैत्र २३, २०७९ बिहीबार
    काठमाण्डौमा हुने जामका कारण वार्षिक एक खर्ब १६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति
    images

    काठमाण्डाै – काठमाण्डौ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने गरेको पाइएको छ ।

    जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, गाडीमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाण्डौ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार क्षति  न्यूनीकरण गर्नका लागि ट्राफिक जाम कम गर्ने विषयमा अध्ययन भइरहेको छ ।

    समस्या न्यूनीकरणको विषयमा काठमाण्डौ महानगरपालिकाले अध्ययन गरिरहेको भए पनि यसका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था कार्यालय, सडक विभागसहित सरोकारवालाको सकारात्मक भूमिका रहनुपर्नेमा उहाँको जोड छ ।  

    ट्राफिक व्यवस्थापन विज्ञ श्रेष्ठले एक वर्षभित्र गाडीको गतिलाई पाँच मिनेट छिटो बनाउने लक्ष्यका साथ काम गरिरहेको पनि जानकारी दिनुभयो ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend