रामेछापमा जीप दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे

images
  • 107
    SHARES
  • चैत्र २३, २०७९ बिहीबार
    रामेछापमा जीप दुर्घटना हुँदा ४ जनाकाे ज्यान गयाे
    images

    प्रतीकात्मक तस्बिर

    रामेछाप – रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएकाे छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । 

    दुर्घटनामा मन्थली–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, ५५ वर्षीया ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङकाे ज्यान गएकाे छ । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयाे । 

    मन्थली–७ काे कौछिनी जाँदै गरेको वा ११ च ५५३ नम्बरको जीप सडकबाट तल खसेकाे थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend