काठमाण्डाै – सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आईएमई पे र एम बैंकबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा आईएमई पेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार एम बैंक एपमार्फत ६ सय ५० भन्दा बढी सहकारी संस्था तथा संस्थाका सदस्यले आईएमई पे वालेटमा रकम लोड, आईएमई पेबाट सहकारीमा रकम ट्रान्सफर, शेयर खरिदको भुक्तानी, चन्द्रागिरि केबल कारको टिकटदेखि सबै किसिमको युटिलिटी पेमेन्ट भुक्तानी लगायतका अन्य डिजिटल सेवा उपलब्ध हुनेछ ।
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको आईएमई पेमा अहिले प्रत्यक्षरूपमा ४० लाख नेपाली नागरिकले सेवा लिइरहेका छन् । आईएमई पेका देशभर झन्डै ४५ हजार एजेन्ट रहेका छन् ।



