फाइल तस्बिर
काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा दुई वटा महत्त्वपूर्ण विधेयक टेबुल भएको छ ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले 'सार्वजनिक सेवा प्रसारण विधेयक २०७८' र 'सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभएको हो ।
यस्तै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले 'लोक सेवा आयोगको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन' (२०७८ साउन- २०७९ आसार) पेस गर्नुभयो ।
यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक भाेलि शुक्रवार दिउँसाे १ बजे बस्नेछ ।



