सेनामा डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्ममा जागिर खुल्यो

images
  • 112
    SHARES
  • चैत्र २४, २०७९ शुक्रबार
    सेनामा डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्ममा जागिर खुल्यो
    images

    फाइल तस्बिर

    काठमाण्डाै – नेपाली सेनामा डाक्टर, ईञ्जिनियरदेखि पुजारीसम्ममा जागिर खुलेको छ । मेडिकल, इन्जिनियर, पुजारी, सैनिक कर्मचारीलगायत विभिन्न पदमा विज्ञापन खुलेको हो । सेनाको भर्ना छनौट निर्देशनालयले प्राड/प्राविधिक/हवाई/लगायत विविध सेवातर्फका अधिकृत पदका लागि र पदिक तथा विल्लादार पदका लागि भर्ना आह्वान गरेको हो ।

    अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६ सय २१ जनाको लागि दरखास्त आह्वान गरिएको छ । अधिकृत पदका लागि १ सय ३७ जना माग भएको छ । यसमा मेडिकलतर्फ सबैभन्दा धेरै ४४ जनाको माग गरिएको छ ।

    त्यस्तै पदिक तथा विल्लादारमा ४ सय ८४ जनाको माग गरिएको छ । यसतर्फ सबैभन्दा धेरै सैनिक कर्मचारी १ सय ५५ जना माग भएको छ । ११ जना पुजारीको लागि पनि आवेदन माग भएको छ । 

    हेर्नुस् विज्ञापन :

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend