देवघाट तनहुँ:देवघाट चैत २४
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ नयाँबस्ती स्थित नेपाल मगर संघको भवनमा भएको दोस्रो अधिवेशन बाट देवघाट गाउँपालिका स्तरीय दलित संघको अध्यक्ष चन्द्र प्रकाश वि.क. सर्वसहमत चयन भएको छ।
साथै उपाध्यक्ष कुल बहादुर परियार,सचीव लोकेन्द्र वि.क,कोषाध्यक्ष सुष्मा परियार,सह-सचीव धन बहादुर परियार,सदस्यहरुमा मनमाया नेपाली,किसान परियार,राम बहादुर परियार,मनुमाया परियार,प्रेम बहादुर परियार,कृष्ण लाल वि.क.,मनमाया वि.क.,र राजु दर्जी सहित १३ कार्यसमिति सर्वसहमत चयन भएको छ।
कार्यक्रममा देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य गंगा सिं वि.क.मनमाया बि.क देवघाट ५ नम्बर वडा सदस्य याम बहादुर मगर र सरस्वती परियार लगाएको उपस्थिति भएको थियो भने सो कार्यक्रम देवघाट गाउँपालिका स्तरीय दलित संघका सान बहादुर परियारकि अध्यक्षता सम्पन्न भएको थियो।



