कास्की । ताङतिङ(तोनि नासा) मा तमू(गुरुङ) संचारकर्मी संघ नेपालको पाँचौं राष्ट्रिय महाधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ ।
यही २०७९ चैत २४ देखि आज आइतबार २६ गतेसम्म आयोजित सम्पन्न महाधिवेशनले आगामी कार्यकालका लागि संचारकर्मी चित्रबहादुर गुरुङ”लाला”स्याङजाको अध्यक्षतामा उपाध्यक्ष खिमाकुमारी गुरुङ(कास्की),महासचिव चित्रबहादुर गुरुङ(चितवन),सचिव कोमबहादुर गुरुङ(रुपेन्देही)कोषाध्यक्ष अनिता गुरुङ(गोरखा),सदस्यहरुमा क्रमशःकेशब गुरुङ(काठमाडौं),किरण गुरुङ(कास्की),केशव गुरुङ(गोरखा),इन्द्रबहादुर गुरुङ(कास्की),दोलख गुरुङ(धादिङ),दानबहादुर गुरुङ(चितवन) लाई नयाँ कार्यसमितिमा सर्वसहमत निर्विरोध निर्वाचित गरेको जनाएका छन् ।



