महामन्त्री शर्मा :मा गोविन्द भट्टराईको जित सुनिश्चित छ

images
  • 77
    SHARES
  • चैत्र २७, २०७९ सोमबार
    महामन्त्री शर्मा :मा गोविन्द भट्टराईको जित सुनिश्चित छ
    images

    तनहुँ, चैत २७

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा सिङ्गो पार्टी र गठबन्धन परिचालित भएकाले जित सुनिश्चित भएको बताएका छन्।

    तनहुँको आँबुखैरेनीमा मतदाता भेटघाट कार्यक्रमको अवसरमा महामन्त्री शर्माले मंसिर ४ को निर्वाचनमा गठबन्धनले जितेको स्मरण गराउँदै उपनिर्वाचनमा पहिलेकै गठबन्धन कायम रहेको र उम्मेदवार पनि सशक्त भएकाले जित निश्चित रहेको बताए।
    उम्मेदवार भट्टराईसँग केही दिनपछि संसद्मा भेट हुने बताए । नेता भट्टराई असल र निष्ठाको राजनीति गर्ने विद्यार्थी कालदेखिको नेता भएको महामन्त्री शर्माको दाबी छ ।

    महामन्त्री शर्माले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए। ‘पार्टी छोडेर गएका मूल घर फर्किएर रुख रोप्ने र रुखलाई जिताउने अभियानमा लाग्न अनुरोध छ,’ महामन्त्री शर्माले भने।

    विभाजित सबै नेता, कार्यकर्ता तथा आफ्नै घरमा फर्किएर एकताबद्ध भएर पार्टी बलियो बनाउनुपर्ने उनले बताए । साथै उनले तनहुँको विकास र समृद्धिको लागि उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताए।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend