काठमाडौं, चैत २७
काठमाडौं महानगरपालिकाले सोमबार पनि राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर उठाएको छैन।
शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आइतबारदेखि नउठ्ने बताएका थिए।
‘हामीलाई फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर उठाउन सक्दैनौं,’ उनले भने, ‘त्यही भएर सिंहदरबारको फोहोर सबै कार्यालयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’



