काठमाडौं
पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी २४ घण्टाको
अवधिमा १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।यस्तै, कोरोना सक्रिय संक्रमित ४४४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।



