तमू भाषा पठनपाठनमा मात्रै सिमित नभई सरकारी कामकाजमा पनि प्रयोग गरियोस: तमू ह्युल अध्यक्ष गुरूङ

images

  • 89
    SHARES
  • चैत्र २७, २०७९ सोमबार
    तमू भाषा पठनपाठनमा मात्रै सिमित नभई सरकारी कामकाजमा पनि प्रयोग गरियोस: तमू ह्युल अध्यक्ष गुरूङ
    images

    देवघाट तनहुँ : चैत २७ गते

    तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति चितवनको आयोजनामा आज नव वर्ष २०८० सालको क्यालेन्डर बिमोचन सँगै शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    340524540_524405633232548_2549543937850819847_n.jpg

    सो बिमोचन कार्यक्रम सिद्धार्थमार्ग महाबौद्व गुम्बा तीनखोले भरतपुरमा भएको हो । सोहि क्यालेन्डर बिमोचन कार्यक्रममा बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि तमू ह्युल छोंज धीं केन्द्रीय अध्यक्ष कर्ण बहादुर गुरूङले तमू भाषा पठनपाठनमा मात्रै सिमित नभई सरकारी कामकाजमा प्रयोगमा ल्याउन कार्यालयमा प्रयोग गर्न नेपाल सरकार वा नेपाल सरकारको भाषा आयोगलाई माग राखेको बताए । उनले यहीँ भाषा सम्बन्धि विषयमा पोखरा घोषणा पत्रमा घोषणा गरेको बताउदैँ मुख्य मन्त्रीलाई समेत ज्ञापनपत्र बुझाएको जानकारी दिदै मुख्य मन्त्री कार्यालयले सकारात्मक प्रतिक्रिया लिई आउदो वर्षदेखि तमू विद्यार्थीको बाहुल्यता भएको विद्यालयमा तमू भाषाको पठनपाठनको लागि बजेट समेत छुट्याउने भएको छ भने ।

    340569289_188546453967879_3077610269978930264_n.jpg

    कार्यक्रममा नव वर्षको शुभकामना व्यक्त गर्दै केन्द्रीय सल्लाहकार देबेन्द्र गुरूङ गुरूङले तमू भाषालाई नयाँ तरिकाले अगाडि बढाउनु पर्छ भने । त्यस्तै गरि केन्द्रिय सल्लाहकार अकल धोज गुरूङले तमू समुदायमा "जातले पाको हो हामीले जाँड रक्सी खानुहुन्छ" भन्ने भ्रमलाई छोडे मात्रै तमूहरू हरेक तह र क्षेत्रमा अगाडि बढ्नेछ भने । उनले सारा नेपालीले खस भाषा भोलिरहेका छन तर हामी तमु समुदायले तमू भाषालाई प्राथमिकता दिनुपर्छ समेत भने । उक्त कार्यक्रममा केन्द्रीय सल्लाहकार बेल बहादुर गुरूङले तमूहरूको भाषा,लिपि जगेर्ना गर्नका लागि तमू ह्युल छोंज धीं सदैब लागि परेको बताए । गुरूङले तमू ह्युल संस्था संस्थाको लागि मात्रै हैन कि तमूहरूको संस्कृति,रितिरिवाज र संस्कारलाई समेटेर अगाडि लैजानु पर्छ भने । पढेलेखेका गुरूङहरू सबै बिदेश पलाएन भएका छन् अब त्यसलाई केही कम गर्नुपर्छ र आफ्नै देशमा कुटोकोदालो गरेर अगाडि बढ्न अनुरोध गरे ।

    340496258_565254662099943_3790818919419951850_n.jpg

    कार्यक्रममा तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनका बरिस्ठ उपाध्यक्ष एवं सममजसेवी कृष्ण बहादुर गुरूङलाई क्यालेन्डर प्रकाशनमा विशेष आर्थिक सहयोग पुर्‍याएको भन्दै प्रशंसा पत्र मार्फत सम्मान गर्नु भएको थियोे । सो कार्यक्रम तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष बिमला देवी गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    340518685_181480031374005_3631895535080325665_n.jpg



    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend