काठमाडौँ, चैत २७
नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो ।
उद्घाटनका अवसरमा आज महिलाहरुको एक हजार पाँच सय मिटर र पुरुषहरुको आठ सय मिटर दौडमा विजयी हुने खेलाडीहरुलाई प्रधानसेनापति शर्माले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा महिलातर्फ लिजा लम्तरीले ५ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी प्रथम हुनुभएको थियो ।
त्यस्तै, सोमिता पहरीले ५ मिनेट २३ सेकेन्ड समयमा द्वितीय र निशा बुढामगरले ५ मिनेट २५ सेकेन्डको समयमा दौड पूरा गरी तृतीय हुनुभएको थियो । त्यस्तै, पुरुषतर्फ ४ मिनेट १० सेकेन्ड डौड पूरा गरी रामचन्द्र बानियाँ प्रथम हुनुभयो । मिलन कार्कीले ४ मिनेट १० सकेन्ड बढी समयमा दोस्रो हुनुभयो भने दीपेन्द्रनाथ ४ मिनेट १३ सेकेन्डमा डौड पूरा गरी तृतीय हुनुभएको थियो । रासस



