क्यानद्वारा भित्तेपात्रो विमोचन

images
  • 71
    SHARES
  • चैत्र २८, २०७९ मंगलबार
    क्यानद्वारा भित्तेपात्रो विमोचन
    images

    नारायणगढ

    कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा चितवनले भित्तेपात्रो र टेबुलपात्रो विमोचन गरेको छ । क्यान महासंघका केन्द्रीय सदस्य भानु शर्मा, बागमती प्रदेश उपाध्यक्ष सन्तोषजनक भुसाललगायतको उपस्थितिमा भित्तेपात्रो र टेबुलपात्रो एकसाथ विमोचन गरिएको हो ।

    विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि वार्षिक कार्यक्रम नै बनाएर क्यालेण्डर प्रकाशन गरिएको महासंघका चितवन जिल्ला अध्यक्ष टेकलाल भुसालले जानकारी दिए । कार्यक्रममा नयाँ वर्ष २०८० सालको शुभकामनासमेत आदानप्रदान गरेको थियो ।

    338919068_1206799416643772_7077956513524296004_n.jpg

    कार्यक्रमका प्रमुख अतिथि भानु शर्माले क्यान चितवनको सक्रियता बढ्दै जाँदा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्नेहरूको उपस्थिति पनि बढ्दै गएको बताए । उपाध्यक्ष दिलीप तामाङले स्वागत मन्तव्य दिएको कार्यक्रममा क्यालेण्डर प्रकाशन समितिका संयोजक विनोद अनुजलगायतले मन्तव्य दिएका थिए ।

    क्यानले भित्तेपात्रो विगतदेखि नै प्रकाशन गर्दै आए पनि टेबुलपात्रो भने पहिलोपटक प्रकाशन गरेको हो । कार्यक्रममा क्यान चितवनका पूर्वअध्यक्ष माधवप्रसाद पौडेलको समेत उपस्थिति थियो ।

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend