रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

images
  • 88
    SHARES
  • चैत्र २९, २०७९ बुधबार
    रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
    images

    काठमाडौँ, चैत २९

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको सो पार्टीले जनाएको छ ।

    केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले गरेको भनिएको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति रवि लामिछानेलाई बुझाएकाले निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो । समितिसँगको बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दाबी गरेका छन्।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend