समिट होटलको वैधानिकता खोजियोस् : रास्वपाकी सांसद तोसिमा कार्की

images
  • 97
    SHARES
  • चैत्र २९, २०७९ बुधबार
    समिट होटलको वैधानिकता खोजियोस् : रास्वपाकी सांसद  तोसिमा कार्की
    images

    २९ चैत, काठमाडौं 

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् ।

    बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यसका लागि संसदीय छानबिनको समेत माग राखेकी छन् ।

    केही दिन अगाडि ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएका थिए । त्यसको कारण बिना नक्सा पास, बिना इआइए एनलाइसिस काम गर्नु रहेको उनको दाबी छ ।

    ‘ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना इआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षेति भएका छन् ।

    भासिने चक्रिनेक्रम जारी छ।’ सांसद कार्कीले भनेकी छन् । उनका अनुसार ‘स्थानीयले पटक पटक उजुरी दिएता पनि अपार्टमेन्ट निर्माणाको काम नरोकिएको गूनासो’ गरेका छन् ।

    विगतमा पनि संसदमा यो विषयमा कुरा उठेको छर, वैधानिक प्रक्रिया अगाडि नबढेकोको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेकी छन् ।

    ‘म आग्रह गर्न चाहन्छु-यसरी नै देशव्‍यापी रुपमा बन्दै गरेका निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपाटमेन्टहरुको वैधानिकता खोजी गरियोस् ।’ यसका लागि संसदीय छानबिन समिति गठनको माग उनको छ ।

    उनले भनेकी छन्, ‘सभामुख मार्फत निर्देशन दिइयोस् । संसदीय समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइयोस् । दोषीलाई कारबाही, क्षेति भएका पीडितलाई क्षेतिपूर्ति र क्षेति हुन सक्ने घरहरुको आजैबाट संरक्षण गरियोस् ।’

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend