देवघाटमा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराऔँ भन्दै कोणसभा

images
  • 89
    SHARES
  • चैत्र ३०, २०७९ बिहीबार
    देवघाटमा प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराऔँ भन्दै कोणसभा
    images
    देवघाट तनहुँ: चैत ३० गते
    तनहुँको देवघाटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराऔँ भन्दै कोणसभा सम्पन्न भएको छ । प्रतिनिधिसभा उप-निर्वाचन क्षेत्र नम्बर १ तनहुँ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई लाई आफ्नो अमूल्य मतदिई विजय गराऔँ भन्दै कोणसभा भएको थियोे ।
    341118352_1003814933918906_9215275740977975936_n.jpg
     
    नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य धुर्व वाग्लेले कोणसभा बोल्दै नेपाली काङ्ग्रेस ८० वर्ष देखि मौलाउदै आइरहेको छ अहिले आएर त्यस रूखको एउटा दुईवटा सुकेका पात झर्दैमा केही असर नपर्ने बताएका छन् । उनले हामी नेपाली काङ्ग्रेस अहिलेको समय सम्ममा आतिन्नु पर्ने अवस्था नरहेको समेत बताए । उनले देवघाट क्षेत्रको विकासको लागि स्थानीय माटो, स्थानीय नाम प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन आग्रह गरेका छन् ।
    341184143_920437165840183_1297149127120311988_n.jpg
     
    नेपाली काङ्ग्रेसका जिल्ला सदस्य मोहन गिरिेले जित सुनिश्चित छ, अब अत्याधिक मतले विजयी गराने काम हाम्रो हातमा रहेको बताए । उनले भट्टराईलाई जिताएमा लगत्तै देवघाटको धेरै कुराहरूको विकास हुने बाटो पिच हुने, खानेपानीको राम्रो व्यवस्था हुने,बिद्धुतको राम्रो व्यवस्था हुने समेत बताए । सो कोणसभामा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सल्लाहकार चिजा श्रेष्ठले हावामा नबग्न सम्पूर्ण युवाहरूलाई अनुरोध गर्दै गोविन्द भट्टराईलाई मत दिई जिताउन अनुरोध गरे । कार्यक्रममा अध्यक्षता गर्नुभएको सोमनाथ ढकाले अब बाँकी रहेको दिन गोविन्द भट्टराई कै लागि खर्चने र उहाँलाई जिताउन तम्तयार रहेको समेत बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend