बैबाहिक बन्धनमा बाधिँदैछुःपूजा शर्मा

images
  • 95
    SHARES
  • बैशाख १, २०८० शुक्रबार
    बैबाहिक बन्धनमा बाधिँदैछुःपूजा शर्मा
    images

    काठमाडौं, वैशाख १

    नायिका पूजा शर्माले आफू यो वर्ष बैबाहिक जीवनमा बाँधिने बताएकी छिन् । नयाँ वर्षको अवसरमा काठमाडौंको काठमाडौं मलमा अवस्थित फेसियल हाउसले तयार पारेको बार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले यस्तो बताएकी हुन् ।

     
    पूजाले यो बर्ष आफूले केही कुराहरु सोचेको र त्यसलाई पुरा गर्न तल्लिन रहने बताइन् । पूजा र उनका प्रेमी युद्ध बानियाँले ललितपुरको झम्सिखेलमा रेष्टुरेन्ट संचालन गर्दैैछन् ।
    पूजाले भनिन्,‘यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय समेत लिदैछु । यो वर्ष बैबाहिक जीवनमा बाँधिने मेरो तयारी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend