देवघाट तनहुँ : बैशाख ३ गते
जेसीज एउटा अभियान हो यो अभियानमा लागेर व्यक्ति,समाज देखि लिएर धेरै व्यापार व्यवसाय राजनैतिक क्षेत्र फस्टाइएको पाइन्छ । त्यसै गरि देवघाटधाम जेसीजले स्थापना भएको छोटो समयमै राम्रो राम्रो कामहरू गर्दै जेसीज अभियानलाई अगाडि बढाउदैँ आइरहेका छन् ।

देवघाटधाम जेसीजले यस वर्ष २०२३ का जेसिज एरिया ‘बी’को शाखा अध्यक्ष भेलामा कार्यक्रम बृहत् रूपमा सम्पन्न भएको छ । जहाँ शाखा अध्यक्ष भेला सुरु गर्नुअघि टाउनचोक देखि देवघाटको वेणीसम्म कलश यात्रा गरि कार्यक्रम सुभारम्भ भएको देवघाट जेसिजका संस्थापक अध्यक्ष विकास सापकोटाले बताए । जुन भेलामा शाखाका ३८ जना अध्यक्षहरू सहभागी रहेका थिए । भने अध्यक्ष भेला सँगै देवघाटधाम जेसीजले पहिलोपटक क्यालेन्डर बिमोचन कार्यक्रम समेत सफल पारेका छन् ।

देवघाटधाम जेसीजको आयोजनामा भएको सो कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पुर्व भौतिक पुर्वाधार यातायात व्यवस्था मन्त्री तथा तनहुँ क्षेत्र नं.१ ख का गण्डकी प्रदेश सभा सदस्य माननीय हरि बहादुर चुमनले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुका साथै क्यालेन्डर बिमोचन गर्नु भएको थियोे । सोहि सभामा प्रमुख अतिथि चुमनले देवघाटधाम जेसीजले राम्रो कामहरू गर्दै अगाडि बढ्न अनुरोध गर्दै जेसीजको माध्यमबाट देवघाटका धेरै युवाहरूलाई अगाडि बढाउनेछ भन्ने विश्वास समेत व्यक्त गरे । आफु जेसीजको कार्यक्रम पहिलोपटक सहभागी भएको जानकारी गराउदैँ आफुले त्यस कार्यक्रमबाट धेरै कुराहरू सिकेको समेत बताए । सोही कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष एवं देवघाटधाम जेसीजका मानार्थ सदस्य तिल बहादुर थापाले देवघाटधाम जेसीजले अध्यक्ष भेला कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै देवघाट जेसीज सँग सहकार्य गरेर देवघाट गाउँपालिकाको पर्यटन क्षेत्र र अन्य क्षेत्रमा समेत अगाडि बढ्ने प्रतिवद्वता जनाए । सोही कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष एवं देवघाटधाम जेसीजका मानार्थ सदस्य भुवन सिं गुरूङले देशलाई परिवर्तन गर्न वा अगाडि बढाउनको लागि जेसीजले महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उनले जेसीजले पवित्र भुमि देवघाटधामको वेणि संगमसम्म गरेको कलस यात्राले देवघाटभुमिको अझै धेरै महत्त्व दर्शाएको बताए ।

स्थापनाको दोस्रो वर्षमै शाखा अध्यक्ष भेला आयोजना गर्ने मौका पाएको जेसिज देवघाटधामले देवघाटको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने कामहरू गर्दै अगाडि बढ्ने देवघाटधाम जेसीजका अध्यक्ष क्षितिज सापकोटाले बताए । नेपाल जेसिजको देशभर चार वटा क्षेत्र छन् । कलश यात्रामा शाखा अध्यक्षहरु, देवघाटस्थित दुई बालिका आश्रमका बालबालिका,स्थानीय लगायको उपस्थित रहेको थियोे । भने बैठकमा जेसीजलाई कसरी अझै राम्रो तरिकाले अगाडि बढाउन सकिन्छ,जेसीजको माध्यमबाट देशलाई कसरी सकारात्मक तर्फ लैजान सकिन्छ लगाएत विषयमा छलफल भएर बैठक सम्पन्न भएको थियोे ।

सो कार्यक्रममा नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरूणेश्वर खनाल, नेपाल जेसीज क्षेत्र ख निरूपित राष्ट्रिय कार्याकारिणि उपाध्यक्ष जेसी रजनी थापा, नेपाल जेसीज क्षेत्र ख निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी चन्द्रमणि भुषाल, नेपाल जेसीज क्षेत्र ख निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी सोनी श्रेष्ठ लगाएत उपस्थिति रहेका थिए । जेसिजमा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवायुवतीहरु आबद्ध छन् । भेला दासढुंगामाको प्रेसिडेन्सी रिसोर्टमा भएको अध्यक्ष भेला कार्यक्रममा जेसीआई देवघाटधामका निरूपत राष्ट्रिय उपाध्यक्ष राधिका भुषालको अध्यक्षतामा भएको थियोे ।



