चितवनको क्रिकेट रंगशालामा अन्डर १६ क्रिकेट छनोट प्रतियोगिता भोलिबाट सुरु हुँदै
89
SHARES
बैशाख ३, २०८० आइतबार
चितवन, वैशाख ३
चितवनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा अन्डर १६ क्रिकेट छनोट प्रतियोगिता हुने भएको छ ।
बागमती प्रदेश क्रिकेट संघ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा भरतपुर मेयरकप वाग्मती प्रदेश अन्डर– १६ क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिता यही वैशाख ४ गते (भोलि) देखि सुरु भएर वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल क्रिकेट संघले मान्यता दिएका ६ जिल्ला टिमको सहभागिता रहनेछ । काठमाडौं, भक्तपुर र मकवानपुर समूह ‘ए’ मा छन् भने ललितपुर