बालेन्द्र शाहले सिंहदरबारभित्रको फोहोर नउठाएपछि महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट

images
  • 86
    SHARES
  • बैशाख ४, २०८० सोमबार
    बालेन्द्र शाहले सिंहदरबारभित्रको फोहोर नउठाएपछि महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट
    images

    काठमाडौं

    काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

    काठमाडौं महानगरले सिंहदरबारभित्रको फोहोर नउठाएपछि आइतबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका हुन् ।दर्ता भएको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटमा जनस्वास्थ्यमा गम्भीर असर परेको अधिवक्ता श्रेष्ठले भनेका छन् ।

     

    काठमाडौं महानगरका मेयर बालेनले सिंहदरबारको असहयोगपछि सिंहदरबारको कुनै पनि फोहोर नउठाउने भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । गएको ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर व्यवस्थापन हुने सकेको छैन ।

       
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend