चितवन, वैशाख ५
चितवनमा ह्वात्तै गर्मी बढेको छ ।
गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न गम्भीर समस्या देखापर्ने भएकोले सतर्क रहन चिकित्सकले अनुरोध गरेका छन् । भरतपुर अस्पतालका बरिष्ठ फिजिसिएन डा प्रमोद पौडेलले गर्मी मौसममा कमजोरी, मृगौलामा समस्या, पानी कम हुने, हैजा, टाइफाइड, घाम र धूलोमा हिड्दा दम जस्ता समस्या देखिने भएकोले सर्तक हुनुपर्छ । त्यसैगरी यस समयमा सर्पदंश र लामखुट्टेबाट फैलने रोगहरुको समस्या देखिने डा पौडेलले बताए । यस समयमा कोरोना पनि फैलने उनको भनाइ छ । डा पौडेलले यसबाट बच्नको लागि घाममा नहिड्ने, झोलिलो खानेकुराहरु प्रशस्त खानको लागि सल्लाह दिएका छन् । उनले भरतपुर अस्पतालमा गर्मी सुरु भएसँगै रुघाखोकी र ज्वरोको बिरामी बढ्न थालेको जानकारी दिए ।



