अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय पर्वतारोहीको जीवितै उद्धार

images
  • 107
    SHARES
  • बैशाख ७, २०८० बिहीबार
    अन्नपूर्ण हिमालमा बेपत्ता भारतीय पर्वतारोहीको जीवितै उद्धार
    images

    ७ वैशाख, काठमाडौं

    अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् । ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् ।

    सेभेन समिट ट्रेक्सका अनुसार ७ जना नेपाली उद्धारकर्ताले ३०० मिटर गहिरो खोंचमा उनलाई जिवितै फेला पारेका हुन् ।

    उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल ल्याइएको जानकरी दिँदै सेभेन समिट ट्रेक्सका जीएम थानेश्वर गुरागाईले भने ‘उनीको स्वास्थ्य गम्भीर छ, चिकित्सकहरुले उपचार गरिरहेका छन् ।’

    यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।

    राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend