भरतपुर, ७ वैशाख
आउन साथि रूखमा छाप लाउन तनहॅुको अस्तित्व जोगाउन तनहॅुको एउटै छ बोली गोबिन्दलाई जिताउन दिल खोली सोचौँ यसपालि गोबिन्द भट्टराईलाई जिताऔँ है सबैले रुखमै भोट हाली अहिले उप-चुनाबकालागि यो चुनावी गीत प्रोफेसनल मिडिया ग्रुपका अध्यक्ष नवीनराज पौडेलले लेखेका हुन् ।
भट्टराईको चुनावी घरदैलोमा अहिले यही गीत घन्किरहेको छ । पौडेलले काँग्रेसको तर्फबाट चितवनमा उम्मेदवार बनेका जितनारायण श्रेष्ठको लागि पनि चुनावी गीत बनाएका छन् । जितनारायणलाई सबैले रोजेको चितवनको माटोले खोजेको सोचौँ यसपालि जितनारायण श्रेष्ठलाई जिताऔँ है सबैले रुखमै भोट हाली नेपाली काँग्रेसबाट चितवन २ मा उम्मेदवारी दिएका श्रेष्ठको चुनावका बेला चर्चित यी दुवै गीतको भाका एउटै छ । पौडेलको शब्द रचना रहेका दुवै गीतमा संगीत र स्वर विमलराज क्षेत्रीको रहेको छ । पौडेलले यसअघि गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन २ का उम्मेदवार उमेश श्रेष्ठको चुनावी गीत पनि लेखेका थिए । चुनावी गीतको चर्चा चुलिएपछि हौसिएका गीतकार पौडेल भन्छन्, ‘आफूले लेखेको गीत चर्चित हुँदा खुसी लाग्नु स्वाभाविक हो ।
अब राजनीतिभन्दा बाहिर सामाजिक क्षेत्रका गीत पनि लेख्ने सोच बनाएको छु ।’पौडेलले नेपाली कांग्रेसको केन्द्रिय प्रचार बिभागमा रहेर काम गर्दा पनि कांग्रेसको गित लेखेका थिए ।उनले झन्डै एक हजार बिज्ञापन समेत सृजना गरेका छन् ।



