बालेनविरुद्धको मुद्दा तीन दिनदेखि लगातार पेशीमा

images
  • 79
    SHARES
  • बैशाख ७, २०८० बिहीबार
    बालेनविरुद्धको मुद्दा तीन दिनदेखि लगातार पेशीमा
    images

    काठमाडौं, वैशाख ७

    सिंहदरबारभित्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार पनि पेशी चढेको छ । यसअघि लगातार दुई दिन पेशी चढे पनि हेर्न नभ्याइने भनेर स्थगित भएको थियो ।

     
    बिहीबार प्रकाशमानसिंह राउतको इजलासमा पेशी परेको छ । मंगलबार हरिकृष्ण कार्की र बुधबार सुष्मलता माथेमाको इजलासमा पेशी चढेको थियो ।
    राउतको इजलासमा बिहीबार सुनुवाइ हुन बाँकी पेशीको १२औं नम्बरमा काठमाडौं महानगरपालिकाविरुद्ध पदमबहादुर श्रेष्ठले दायर गरेको रिट रहेको छ । आफूलाई सहयोग नगरेको भन्दै मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend