जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचियाे, २ जनाको ज्यान गयो

images
  • 80
    SHARES
  • बैशाख ७, २०८० बिहीबार
    जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचियाे, २ जनाको ज्यान गयो
    images

    जाजरकाेट 

    जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाकाे ज्यान गएकाे छ ।

    जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लु ठुलाबगरमा निर्माण भइरहेकाे बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हाे । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

    उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी काेरीडोरमा पर्छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend