८ वैशाख, काठमाडौं
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ ।
वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको हो ।
अब यी परीक्षाहरु वैशाख १० गते सन्चालन नगरी वैशाख १६ गते सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने सूचनामा उल्लेख छ ।




