पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणबाट १ जनाकाे ज्यान गयाे

images
  • 53
    SHARES
  • बैशाख ८, २०८० शुक्रबार
    पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणबाट १ जनाकाे ज्यान गयाे
    images

    काठमाण्डाै

    पछिल्लो २४ घण्टामा काेरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । याेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २६ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै पछिल्लो २४ घण्टामा एक सय छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार आठ सय ८३ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा कोरोना सङ्क्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा ४६ जना सङ्क्रमित निको भएका छन् । अहिले कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय १४ जना पुगेको मन्त्रालयले जनाएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend